ad ad

कारोबार


ब्याजदरको विषयमा छलफल गर्न अर्थमन्त्रीले बोलाए तीन सरकारी बैंकका सीईओलाई

ब्याजदरको विषयमा छलफल गर्न अर्थमन्त्रीले बोलाए तीन सरकारी बैंकका सीईओलाई

नेपालखबर
भदौ १, २०८० शुक्रबार १३:५३, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले तीन सरकारी बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई छलफलको अर्थमन्त्रालय ढाकेका छन्।

ब्याजदरको विषयमा छलफल गर्न अर्थमन्त्री महतले तीनै सरकारी बैंकहरुका सीईओहरुलाई बोलाएको हुन्।

भदौदेखि लागू हुनेगरी बैंकहरुले ब्याजदर बढासँगै उनले सरकारी बैंकका सीईओलाई बोलाएको बुझिएको छ।

हालै अर्थमन्त्री महतले गभर्नर महाप्रशाद अधिकारीसहित केही बैंकर्सहरुलाई ब्याजदर घटाउन सुझाएका थिए। उनले ब्याजदर घटाउन सुझाव अटेर गर्दै बैंकहरुले भदौमा निक्षेपको ब्याजदर बढाएका छन्।

बैंकहरुले ब्याजदर बढाएका कारण केही असन्तुष्ट बनेका अर्थमन्त्री महतले सोही विषयमा छलफल गर्न सीईओहरुलाई बोलाएको स्रोतले जनाएको छ।

१० वटा वाणिज्य बैंकले ब्याजदर बढाएका छन् भने ५ बैंकले ब्याजदर घटाएका छन्। साथै अन्य बैंकहरुको ब्याजदर भने स्थिर नै देखिएको छ।

सरकारी बैंकहरुले भने साधारण र मुद्दती निक्षेपको ब्याजदर बढाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .