ad ad

कारोबार


नेपाल विद्युत् प्राधिकरणले पायो ‘डबल ए प्लस’ रेटिङ

नेपाल विद्युत् प्राधिकरणले पायो ‘डबल ए प्लस’ रेटिङ

प्राधिकरणको वार्षिकोत्सव समारोह। तस्बिर : सरोज बैजु


नेपालखबर
भदौ १, २०८० शुक्रबार १२:६, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणले डबल ए प्लस रेटिङ पाएको छ। इक्रा नेपालले गरेको रेटिङमा प्राधिकरणले डलब ए प्लस पाएको हो। 

प्राधिकरणले तेस्रो चरणको वित्तीय सुधार कार्यक्रम सुरु गरेको छ।

त्यसमा आईपीओ (प्राथमिक सेयर) समेत जारी गर्ने तयारी गरेको छ।

त्यसका लागि भएको रेटिङमा प्राधिकरणले उच्च स्कोर पाएको हो। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आईपीओपा उठेको रकम विद्युतियकरण र ठूला आयोजना निर्माणमा लगानी गरिने छ।

उनले भने, ‘प्राधिकरणले तेस्रो वित्तिय सुधारको काम सुरु गरेको छ। त्यसै अन्गगर्तग रहेर ठूला आयोजना निर्माणको लागि नै आइपीओ जारी गर्न लागेको हो।’

प्राधिकरणको हालसम्म प्रणालीको जडित क्षमता कुल २८२२ मेगावाट पुगेको छ।

हालसम्म करिब ८०५२  मेगावाट विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको छ। दुई वर्षयता करिब १७७४ मेगावाटको विद्युत खरिद बिक्री सम्पन्न भएको छ।

यसका अलावा प्राधिकरणले करिब २२९० मेगावाटको मस्यौदा विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भइसकेको छ।

कुल २१६८  मेगावाट विद्युत खरिद बिक्री सम्झौताको मस्यौदा तयारी गर्ने प्रकृयामा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .