ad ad

कारोबार


‘१० वर्षयताकै ठूलो परिमाणमा रासायनिक मल भित्रिएको छ, यस वर्ष अभाव छैन’

‘१० वर्षयताकै ठूलो परिमाणमा रासायनिक मल भित्रिएको छ, यस वर्ष अभाव छैन’

नेपालखबर
साउन ३२, २०८० बिहिबार ९:४३, काठमाडौँ

यस वर्ष सरकारले किसानलाई समस्या नहुनेगरी पर्याप्त मात्रामा रासायनिक मल आपूर्ति गरेको दाबी गरिएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले यस वर्ष मुलुकमा १० वर्षयताकै सबैभन्दा बढी परिमाणमा रासायनिक मल भित्रिएको दाबी गरेको हो। जसले गर्दा यसपटक केही स्थानीय तहमा वितरणमा आएको समस्याबाहेक मुलुकभरका किसानलाई रासायनिक मलको अभाव नभएको दाबी गरिएको छ। 

प्रधानमन्त्रीको निरन्तरको पहल र कृषि मन्त्रालयको सक्रियताले यो सम्भव भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

‘सम्माननीय प्रधानमन्त्रीज्यूको निरन्तरको पहल र निर्देशन तथा कृषि मन्त्रालयको सक्रियताले गर्दा विगत १० वर्षयताकै सबैभन्दा ठूलो परिमाणमा रासायनिक मलको आपूर्ति भएको छ’, प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘२०८०/०३/३२ को रिपोर्टअनुसार ४ लाख ३ हजार ५ सय मेट्रिक टन मल आपूर्ति भएको छ। केही स्थानीय तहमा वितरणमा आएको समस्याबाहेक यो वर्ष मलको समस्या देखिएको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .