नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको नेपाली चलचित्र ‘प्रेम गीत ३’ र सामाजिक कथामा आधारित चलचित्र ‘चिसो मान्छे’ अब डिशहोम ‘गो’ एपमा उपलब्ध भएको छ।
विभिन्न कारणवस हलसम्म गएर यी चलचित्र हेर्न छुटाएका दर्शकहरूले अब डिशहोम ‘गो’ एपमा आफूले चाहेको समयमा निशुल्क हेर्न सक्नेछन्।
‘गो’ एप ‘प्ले स्टोर’ वा ‘एप स्टोर’ बाट आफ्नो मोबाइलमा निशुल्क डाउनलोड गरेर चलाउन सकिन्छ।
साथै लिंक मा लगइन गरेर ल्यापटप तथा कम्प्युटरमा समेत चलाउन सकिन्छ भने एन्ड्रोइड टीभी को एप स्टोर मा गएर ‘गो’ एप डाउनलोड गरेर टीभीमा समेत गो एप चलाउन सकिन्छ ।
गो एपमा नेपाली चलचित्र, सिरियल, कोरियन सिरिज लगाएत अन्य विभिन्न एक्सक्लुसिभ कन्टेन्टहरु पनि उपलव्ध रहेको छ।
42
Shares
प्रतिक्रिया