ad ad

कारोबार


उद्यमशीलताको नेतृत्व अब युवाले गर्नुपर्छ : अर्थमन्त्री

उद्यमशीलताको नेतृत्व अब युवाले गर्नुपर्छ : अर्थमन्त्री

फाइल तस्बिर


नेपालखबर
साउन ३१, २०८० बुधबार १४:४४, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्यमशिलताको नेतृत्व युवाले गर्नुपर्ने बताएका छन्। 

'उद्यमशील युवा, सृजनशील युवा' कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले अब उद्यमशीलताको नेतृत्व युवाले गर्नुपर्ने बताएका हुन्। 

'नेपालमा अवसर धेरै छ। युवाले त्यसलाई उपयोग गरि उद्यमशीलताको नेतृत्व गर्नुपर्छ,' उनले भने, 'उद्यमशीलताको  वातावरण बनाइ स्रोतअनुसार सरकारले अनुदान प्रदान गर्छ।'

अर्थमन्त्री महतले अब ४ क्षेत्रमा ठूलो सम्भावना रहेको बताए। उनले कृषि, टुरिजम, हाइड्रो र आइटि क्षेत्रमा सम्भावना रहेको उनले बताए। 

उनले विदेशबाट पुँजी र सीप सिकेर आउने युवाहरुलाई सरकाले सहुलियत दिने बताए। अब कृषिमा सहुलियतभन्दा उत्पादन गरिरहेकालाई सहुलियत दिने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .