ad ad

कारोबार


तीन निकायको रोहबरमा गाल्न थालियो तस्करीको सुन (तस्बिरहरु)

तीन निकायको रोहबरमा गाल्न थालियो तस्करीको सुन (तस्बिरहरु)

तौल गरिसकेपछि मंगलबारदेखि सुन गाल्न थालिएको छ। तस्बिर : सरोज बैजु


सरोज बैजु
साउन ३०, २०८० मंगलबार ११:५५, काठमाडौँ

राजस्व अनुसन्धान विभागले गत साउन ३ गते त्रिभुवन विमानस्थल बाहिरबाट बरामद गरेको सुन गाल्न थालिएको छ।

नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखामा राजस्व अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्र बैंकका अधिकारीको रोहबरमा गाल्न थालिएको हो। 

साउन ३ गते त्रिभुवन विमानस्थलबाट बरामद भएको १ सय ५५ वटा ब्रेक प्याडमा सुन रहेको पुष्टि भएको थियो।

त्यसलाई हिजो सोमबार खोलिँदा नगालेको पहेँलो धातु ६० केजी सात सय ८९ ग्राम तौल मात्रै पुगेको थियो। अब त्यसलाई आजदेखि गाल्न थालिएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .