ad ad

कारोबार


एउटा कार्टुन खोल्दा अनुमानभन्दा थोरै भेटियो बरामद गरिएको सुन

एउटा कार्टुन खोल्दा अनुमानभन्दा थोरै भेटियो बरामद गरिएको सुन

बरामद गरिएको सुन देखाउँदै राष्ट्र बैंकका अधिकारी। तस्बिर : सरोज बैजु


नेपालखबर
साउन २९, २०८० सोमबार १४:१०, काठमाडौँ

राजस्व अनुसन्धान विभागको टोलीले गत साउन ३ गते बरामद गरेको सय किलो सुन नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखामा धमाधम जोख्ने काम भइरहेको छ।

राजस्व अनुसन्धान विभाग, सीआईबी र नेपाल राष्ट्र बैंकका प्रतिनिधिको रोहबरमा सुन लुकाइएको ब्रेक सुको कार्टुन खोलिएको हो।

नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार पत्रकारहरुमाझ एउटा कार्टुन खोलिएको हो। 

एउटा प्याकेट खोलेर देखाएपछि तीनै निकायका टोली अरु कार्टु खोलेर जोख्न भित्र पसेका छन्। 

सबै सुन जोखिसकेपछि आजै बेलुकादेखि पगाल्ने काम अघि बढाइने आचार्यले बताए। उनका अनुसार ब्रेक सुसहित बरामद सामानको परिमाण १५५ केजी थियो।

राजस्व अनुसन्धान विभागले बरामद गरेपछि कार्टुनसमेत पोको पाकेर राष्ट्र बैंकमा राखिएको थियो। आचार्यका अनुसार एउटा कार्टुन खोलेर हेर्दा जति आँकलन गरिएको त्यो भन्दा कम सुन भेटिएको छ।

‘एउटा कार्टुनभित्र २० वटा टुक्रा भेटिएको छ’, उनले भने, ‘हामीले अनुमान गरेभन्दा कम परिमाणमा सुन भेटियो। सबै जोखिसपछि कति पुग्छ थाहा हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .