ad ad

कारोबार


उद्धार कोषमा मीनबहादुर दम्पतीको १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग

उद्धार कोषमा मीनबहादुर दम्पतीको १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग

नेपालखबर
असोज १४, २०८१ सोमबार २२:५, काठमाडौँ

प्राकृतिक विपत्ति उद्धार कोषमा भाटभटेनीका सञ्चालक मीनबहादुर दम्पतीले १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ जम्मा गरेका छन्। 

कोषमा जम्मा गर्न उक्त रकम बराबरको चेक दम्पतीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन्।

उक्त रकम कोषमा जम्मा गरिएको प्रधानमन्त्री ओलीले बताएका छन्। साथै मीनबहादुर परिवारलाई ओलीले धन्यवाद पनि दिएका छन्।

‘विदेशबाट फर्के लगत्तै व्यवसायी मीनबहादुर गुरुङ दम्पतीसँग भेट भयो। उहाँहरुले बाढी पहिरो पीडितको राहतका लागि एक करोड, ११ लाख, ११ हजार एक सय ११ रुपैयाँको चेक दिनु भयो। उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरिएको छ। मीनबहादुर गुरुङको परिवारलाई धन्यवाद,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .