प्राकृतिक विपत्ति उद्धार कोषमा भाटभटेनीका सञ्चालक मीनबहादुर दम्पतीले १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ जम्मा गरेका छन्।
कोषमा जम्मा गर्न उक्त रकम बराबरको चेक दम्पतीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन्।
उक्त रकम कोषमा जम्मा गरिएको प्रधानमन्त्री ओलीले बताएका छन्। साथै मीनबहादुर परिवारलाई ओलीले धन्यवाद पनि दिएका छन्।
‘विदेशबाट फर्के लगत्तै व्यवसायी मीनबहादुर गुरुङ दम्पतीसँग भेट भयो। उहाँहरुले बाढी पहिरो पीडितको राहतका लागि एक करोड, ११ लाख, ११ हजार एक सय ११ रुपैयाँको चेक दिनु भयो। उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरिएको छ। मीनबहादुर गुरुङको परिवारलाई धन्यवाद,’ उनले भने।
156
Shares

प्रतिक्रिया