ad ad

कारोबार


रोयल इनफिल्डको ‘लेडी राइडर्स मीट’ सम्पन्न

रोयल इनफिल्डको ‘लेडी राइडर्स मीट’ सम्पन्न

नेपालखबर
साउन २८, २०८० आइतबार १९:३९, काठमाडौँ

मोटरसाइकल उत्पादक कम्पनी, ‘रोयल इनफिल्ड’ को लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘लेडी राइडर्स मीट’ कार्यक्रम आयोजन गरेको छ।

कार्यक्रममा रोयल इन्फिल्डका महिला राइडरहरूको सहभागीता भएको थियो। यस कार्यक्रमको मुख्य उद्देश्य श्रावणमा मेहंदी संस्कृति संरक्षण/प्रवर्धन, वुमेन इम्पावरमेन्ट, रोड सेफ्टी अवारर्नेस, राइडिङ सेफ्टी अवार्नेस र टु ह्वील टुरिजम’ प्रवर्द्धन गर्नु रहेको कम्पनीले जनाएको छ।

साउन २६ गते दिउँसो २ बजेदेखि रोयल इनफिल्डको नक्साल शोरूममा सुरु भएको यो कार्यक्रममा महिला राइडरहरूका लागि साउनको सांस्कृतिक महिना मनाउन मेहन्दी कार्यक्रम आयोजना गरिएको थियो, जहाँ राइडरहरूको इच्छा अनुसार मेहन्दी कला प्रदर्शन गर्न पेशेवर मेहन्दी कलाकार नियुक्त गरिएको थियो।

मेहन्दी कार्यक्रमपछि महिला राइडरहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। उनीहरूले नयाँ क्लासिक ३५०सीसी र स्क्राम ४११ सीसीको अन रोड अनुभव प्राप्त गर्न टेस्ट राइड गराइयो। टेस्ट राइडको अनुभव प्राप्त गरेपछि महिला राइडरहरुलाई कम्पनीको तर्फबाट बिदाइ गरिएको थियो। सहभागी महिला राइडरहरुलाई कम्पनीका प्रतिनिधि कल्पना भण्डारी, प्रविना ढुंगाना र अनुज मल्लले स्वागत–सत्कार गरेका थिए।

युनेस्को र रोयल इन्फिल्ड मिलेर अमूर्त सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न ग्रेट हिमालयन एक्सप्लोरेसनको लागि सहकार्य गरेको छ।

यस अन्तर्गत युनेस्कोले मौलिक तथा सांस्कृतिक परम्परा, सङ्गीत, नृत्य, नाटक, कथा, चाडपर्व, अनुष्ठान र भोजनको परम्परा पहिचान, अभिलेखीकरण र संरक्षणका लागि सचेतना फैलाउँदै आएको छ।

यस प्रकारका सहकार्यलाई प्रवर्द्धन गर्न अल्फा अटोमोटिभले कार्यक्रमहरू प्रस्तुत गहिरहेको समेत कम्पनीले जानकारी गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .