कारोबार


अब मासिक १०० रुपैयाँमा नै डिशहोम हेर्न पाइने

अब मासिक १०० रुपैयाँमा नै डिशहोम हेर्न पाइने

नेपालखबर
साउन २४, २०८० बुधबार १५:१३, काठमाडौँ

डिश मिडिया नेटवर्क लिमिटेडले आफ्ना ग्राहकहरूका लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ।

अब डिशहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र रु १०० मा डिशहोमको टिभी हेर्न पाउने छन्। डिशहोम फाइवरनेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सन गरि यो अफरको लाभ उठाउन सकिनेछ।

यस्तै, यो अफरको लाभ पहिले देखि डिशहोम टिभी मात्र प्रयोग गरि रहेका ग्राहकले फाइवर नेटको कनेक्सन लिएर लिन सक्नेछन्।

कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेटसँगै ६० भन्दा बढी एचडी च्यानलसहित २०० भन्दा माथि उच्च पिक्चर क्वालिटीको टीभी सुलभ मूल्यमा ग्राहकहरुले हेर्न सक्नेछन्।

यो अफरको बारेमा थप जानकारी चाहिएमा ०१-५९७०३६५ मा सम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .