कोभिड माहामारीपछि एकदमै कम भित्रिएका चिनियाँ भारतीयपछि धेरै भित्रनेमा परेका छन्।
पर्यटन बोर्डले संकलन गरेको तथ्यांक अनुसार भारतबाट २१ हजार ३५७ पर्यटक भित्रिएका छन् भने चीनबाट ५ हजार ६९३ पर्यटक भित्रिएका छन्। चीनबाट अघिल्लो वर्ष जुलाईमा १ हजार ५९३ पर्यटक मात्रै भित्रिएका थिए।
जुलाईमा विभिन्न देशबाट गरी ५७ हजार विदेशी पर्यटक भित्रिएका छन्। सन् २०२२ को तुलनामा १३ हजार बढी पर्यटक भित्रिएका हुन्।
तथ्यांकअनुसार २९.८ प्रतिशतले पर्यटक बढेको देखिएको छ।
हाल अमेरिकाबाट ५ हजार ५६१ पर्यटक भित्रिएको बोर्डले जनाएको छ। बेलायतबाट ३ हजार ६३०, बंगलादेशबाट २ हजार ६९४ पर्यटक भित्रिएका छन्।
27
Shares

प्रतिक्रिया