ad ad

कारोबार


वायुसेवा निगमको कार्यकारी अध्यक्षबाट मदन खरेलको राजीनामा

वायुसेवा निगमको कार्यकारी अध्यक्षबाट मदन खरेलको राजीनामा

नेपालखबर
माघ ५, २०७६ आइतबार ११:५९,

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षबाट मदन खरेलले राजीनामा दिएका छन्।

खरेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई राजीनामा पत्र बुझाएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।

उनलाई ०७५ भदौ ३१ गते मन्त्रिपरिषद बैठकले उनलाई निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको थियो। पछिल्लो समय खरेलसँग मन्त्री भट्टराई असन्तुष्ट रहेका थिए। पर्यटनमन्त्रीमा आएपछि योगेश भट्टराईले पटक पटक उनलाई हटाउने बताउँदै आएका थिए।

तर खरेलले प्रधानमन्त्रीसमक्ष सञ्चालक समितिले सहयोग नगर्दा काम गर्न नसकेको गुनासो गर्दै आएका थिए।

पाँचबुँदे स्पष्टीकरण
त्यसलगत्तै समितिले खरेलसँग स्पष्टीकरण मागेको थियो। स्पष्टीकरणको पहिलो बुँदामा सञ्चालक समितिले खरेलसँग कुन–कुन एजेन्डामा समितिले असहयोग गरेको हो, कुन–कुन सदस्य बैठक नआएकोलगायतमा विवरण दिन भनेको थियो।

स्पष्टीकरणको दोस्रो बुँदामा निगमले खरिद गरेको एयरबस ३३०–२०० सिरिजको वाइडबडी सञ्चालनसम्बन्धी तयार गरिएको व्यापारिक योजनाअनुसार जापानको नारिता नउडाई हतारमा ओसाका उडान गर्नुको कारण माग गरेको थियो।

स्पष्टीकरणको तेस्रो बुँदामा चिनियाँ जहाज वाई १२ ई र एमए ६० सञ्चालनका लागि व्यवस्थापनमा नेतृत्वको अनुदार हुनु तथा मासिक लाखौँ घाटा व्यहोर्नुपर्दा समेत सञ्चालक समितिमा कुनै कार्ययोजना पेस नगर्नुको कारण सोधिएको थियो।

स्पष्टीकरणको चौथो बुँदामा खरेललाई एयरबस ३२० र एबरबस ३३० को इन्जिन मर्मत, एमआरओको विषयमा कुनै पनि प्रक्रिया अगाडि बढाउन नसक्नुको कारण सोधिएको छ।

स्पष्टीकरणको पाँचौँ बुँदामा एयरबस ३२०–२०० सिरिजका दुई थान जहाजको इन्जिन स्टार्ट गर्ने मेसिन एक्ज्युलरी पावर युनिट (एपीयू) मर्मत नगरी भाडामै चलाउनुका कारण पेस गर्न भनिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .