प्रभु बैंक लिमिटेड र पुतलीसडक न्यू प्लाजास्थित पिजफाइर रेष्टुरेन्टबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
बैंकका तर्फबाट वरिष्ठ बजार व्यवस्थापक शेखरराज वस्ताकोटी र पिजफाइर रेष्टुरेन्टकातर्फबाट कार्यकारी निर्देशक तथा प्रोप्राइटर महेश खत्रीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।
प्रभु बैंक र रेष्टुरेन्टबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहक तथा बैंकका कर्मचारीहरुले पिजफाइर रेष्टुरेन्टद्वारा प्रदान गरिने ‘फुड’ र वेभरेज’ सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन्।
सम्झौता अन्तर्गत पिजफाइर रेष्टुरेन्टमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको क्यूआर कोड डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, पिजफाइर रेष्टुरेन्टमा विशेष ग्राह्यता प्रदान गरिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।
यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ।
Shares
प्रतिक्रिया