ad ad

कारोबार


स्टक डिलरसहित थप ११ नयाँ ब्रोकर कम्पनीलाई सदस्यता प्रदान गर्दै नेप्से

स्टक डिलरसहित थप ११ नयाँ ब्रोकर कम्पनीलाई सदस्यता प्रदान गर्दै नेप्से

नेपालखबर
साउन ८, २०८० सोमबार १५:३२, काठमाडौँ

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले थप ११ ब्रोकर कम्पनीलाई कारोबार सदस्या प्रदान गर्दैछ। नेप्सेले नबिल सेक्युरिटी (स्टक डिलर) सहित थप ११ नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्न लागेको हो।

भौतिक र प्राविधिक रुपमा सबै मापदण्ड पूरा गरेका थप ११ कम्पनीलाई कारोबार सदस्यस्ता प्रदान गरिने नेप्सेका एक अधिकारीले बताए।

‘कारोबार सदस्यताको लागि आवेदन दिने कम्पनीको कागजात हेर्ने काम यसअघि नै सम्पन्न भएको हो’, उनले नेपाल खबरसँग भने, ‘टेक्निकल (प्राविधिक) निरीक्षणको काम पुरा भएको छ।’
सम्भवतः यो साता नै यी कम्पनीलाई कारोबार सदस्यता प्रदान गरिने उनले बताए।

मापदण्ड पूरा गर्ने कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने निर्णय भने नेप्से संचालक समितिबाट पारित नभएको उनले बताए।

नेप्सेमा कारोबार सदस्यता लागि नबिल सेक्युरीटी (स्टक डिलर), मेघा स्टक मार्केट्स (पूर्ण कार्य गर्ने धितोपत्र दलाल) र अन्य ९ सीमित कार्य गर्ने ब्रोकरले आवेदन दिएका छन्।

एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरीटी, शुभकामना सेक्युरिटीज, इन्डेक्स सेक्युरिटीज, हातेमालो फाइनान्सियल सर्भिसेस, मनि वर्ल्ड सेयर एक्सचेञ्ज, माछापुच्छ्रे सेक्युरिटीज, केबिएल सेक्युरिटीज र कलश स्टक मार्केटले आवेदन दिएका छन्।

गत असार २० गते नेप्सेले ७ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गरेका हो।

नेप्सेले सन सेक्युरिटिज, हिमालयन ब्रोकरेज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र प्रोपर्टी विजार्डलाई कारोबार सदस्यता प्रदान गरेको हो।

सेबोनमा आवेदन दिएका ४३ वटा कम्पनीमध्ये २९ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्स पाएका थिए। सेबोनबाट तेस्रो चरणमा लाइसेन्स पाएका ११ वटाले कारोबार सदस्यताका लागि नेप्सेमा निवेदन दिने तयारीमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .