सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ६०० कायम भएको छ। जुन हालसम्मकै उच्च हो।
बिहीबार बजारमा छापावाला सुन १ लाख १३ हजार ६०० र तेजाबी सुन १ लाख १३ हजार ५० रुपैयाँमा कारोवार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपालमा निरन्तर त्यसको प्रभाव परेको महासंघले जनाएको छ।
आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ। बुधबार १ हजार ४८० रुपैयाँमा कारोवार भइरहेको सुन बिहीबार १ हजार ४९५ रुपैयाँमा कारोवार भइरहेको छ।
चाँदीको मूल्यमा पनि यो नयाँ रेकर्ड हो। यसअघि असार २९ गते सुनको मूल्य असार २९ गते बुधबारकै मूल्य बराबर पुगेको थियो।
87
Shares

प्रतिक्रिया