कारोबार


पोखरामा १ करोड लिटर क्षमताको डिजेल भण्डारण गृह

पोखरामा १ करोड लिटर क्षमताको डिजेल भण्डारण गृह

नेपालखबर
साउन १, २०८० सोमबार १७:७, पोखरा

नेपाल आयल निगमले पोखरामा १ करोड लिटर क्षमताको डिजेल भण्डारण गृह सञ्चालनमा ल्याएको छ। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सोमबार पोखरामा उक्त भण्डारण गृहको उद्घाटन गरेका छन् 

८९ करोड रुपैयाँको लागतमा निर्मित भण्डारण गृह  उद्घाटन गर्दै डिजेल आपूर्तीमा सहज हुने धाराणा राखे। 

डिजेल अभावलाई कम गर्दै आपूर्तिमा सहज आउने आशा राखिएको उनले बताए।

निगमले पोखरामा एक करोड लिटर क्षमताका इन्धन भण्डारण गृह निर्माण गरेसँगै आपूर्तिमा समस्या नआउने निगमको दाबी छ ।

निगमका कार्यकारी निर्देशक उमेश थानीले पोखरामा भण्डारण गृह निर्माणले कोसेढुङ्गा सावित भएको बताए। 

उनका अनुसार लामो समयपछि डिजेल भण्डारण गृहको तेस्रो ठूलो गृह सञ्चालनमा आएको हो। 

यो भण्डारणगृहका कारण आगामी दिनमा गण्डकी प्रदेशमा डिजेल आपूर्तीमा समस्या नआउने उनले बताए। योभन्दा ठूलो भण्डारणगृह अमलेखगन्ज र थानकोटमा छ।

१० हजार किलोलिटर क्षमताको दुई वटा भण्डारण गृह थपिएसँगै पोखरामा डिजेल भण्डारण एक महिनालाई पुग्ने उनले जानकारी दिए। यसअघिको भण्डारण गृहले एक सातालाई मात्रै डिजेलको माग धान्थ्यो । 

निगमले गण्डकी प्रादेशिक कार्यालयमातहतको निगम डिपोमा ५ सय किलोलिटर पेट्रोल र डिजेल २ हजार ५ सय किलोलिटर क्षमताको भण्डारण गृह सञ्चालन गरिरहेको थियो।
 
गण्डकी प्रदेशमा पर्याप्त भण्डारण गृह नहुँदा इन्धन आपूर्तिमा कठिनाइ भइरहेको थियो।

गण्डकी प्रदेशमा हरेक दिन ३ लाख २० हजार लिटर डिजेल विक्री भइरहेको छ।

प्रदेशको दैनिक खपत र भण्डारण अवस्था तुलना गर्दा डिजेलको माग करिब ७ दिन र पेट्रोलको माग करिब २ दिन मात्रै धान्न सक्ने अवस्था थियो। 

निगमले उद्घाटन गरेको नयाँ भण्डारण सञ्चालनमा आएपछि प्रदेशमा डिजेलको भण्डारण करिब ३० दिन पुग्नेछ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad