ad ad

कारोबार


हिमालय एअरलाइन्सद्वारा इन्टरनेट बुकिङ इन्जिन सेवा सुरु

हिमालय एअरलाइन्सद्वारा इन्टरनेट बुकिङ इन्जिन सेवा सुरु

नेपालखबर
असार २८, २०८० बिहिबार १३:३४, काठमाडौँ

नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्सले इन्टरनेट बुकिङ इन्जिन सेवा सुरु गरेको छ।  

ग्राहकहरूले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधा अनुसार एअरलाइन्स्को वेबसाइटमा गएर टिकट बुकिङ गर्न सक्ने भएका हुन्।

सुविधाको प्रयोग गरी यात्रुहरूलाई विभिन्न गन्तव्यहरूसँग जोडिन सहज हुनेछ।

यो सेवाको प्रारम्भिक चरणमा ग्राहकहरूले टिकट खरिदका लागि इसेवा वालेट, मास्टरकार्ड र भिसा कार्डबाट भुक्तानी गर्न सक्नेछन् भने युनियन पे र कनेक्ट आईपीएस निकट भविष्यमा उपलब्ध हुने छन्।

रिफन्ड रिक्वेस्ट, टिकटको मूल्य खोजी, बुकिङ व्यवस्थापन सहित अतिरिक्त सेवाहरूको उपभोग गर्न सकिने छ।

एअरलाइन्सले ब्यागेज प्रि बुकिङ्ग, सिट र खाना सेलेक्सन, लाउन्ज सेवाको बुकिङ, संयुक्त सेवाहरू चयन गर्नेजस्ता विभिन्न अन्य सेवाहरू पनि ल्याएको छ। साथै, यात्रुहरूले विमानस्थलमा समय बचत गर्नको निम्ति अनलाईन चेक–इन  पनि गर्न सक्नेछन्।

‘ग्राहकहरू हामीले प्रदान गर्ने सबै सेवाका केन्द्र हुन् र हामी ग्राहकहरूलाई बढीभन्दा बढी गुणस्तरिय सेवा प्रदान गर्न सदैव तत्पर छौं, नयाँ सेवाको सुरुवात भएकोमा उपाध्यक्ष  विजय श्रेष्ठले भने, ‘अनलाइन टिकटको लागि सरल, छिटो छरितो र अधिक सुविधाजनक प्रयोगकर्ता अनुभवको आनन्द प्रदान हुने गरी इन्टरनेट बुकिङ इन्जिन सेवाको घोषणा गर्न पाउँदा हामी अत्यन्तै खुशी छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .