कारोबार


चिनियाँ हवाइ क्षेत्रले सन् २०१९ मा कमायो डेढ खर्ब अमेरिकी डलर

चिनियाँ हवाइ क्षेत्रले सन् २०१९ मा कमायो डेढ खर्ब अमेरिकी डलर

नेपालखबर
माघ ३, २०७६ शुक्रबार ७:४०,

चीनको हवाइ क्षेत्रले सन् २०१९ मा १ खर्ब ५४ अर्ब अमेरिकी डलर आम्दानी गरेको छ। चीनको सिभिल एभिएसन अथोरिटीका अनुसार गत वर्ष १० खर्ब युआन अर्थात् डेढ खर्ब अमेरिकी डलर आम्दानी भएको सिन्ह्वाले जनाएको छ।

उक्त वर्ष चीन विश्वकै दोस्रो ठूलो हवाइ बजार भएको पनि बताइएको छ । जुन अघिल्लो वर्षको तुलनामा ५।४ प्रतिशतको वृद्धि हो ।

सन् २०१९ मा चीनको हवाइ उद्योगले ६६ करोड यात्रु र ७५ लाख २० हजार टन हवाइ कार्गोलाई सेवा दिएको थियो । जुन वर्षगत तुलनामा सन् २०१८ भन्दा क्रमशः ७।९ र १।९ प्रतिशतले बढी हो । तथ्यांकअनुसार सन् २०१८ मा चीनको हवाइ क्षेत्रको वार्षिक आम्दानी ८ खर्ब ७५ अर्ब युआन रहेको थियो ।

तर एकै वर्षमा १७ प्रतिशतले आम्दानी बढेको हो । सन् २०२० को मध्यतिरै चीन विश्वकै ठूलो हवाइ बजार बन्ने आशा गरिएको छ । इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनले यस्तो अनुमान गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .