भुक्तानी प्रदान गर्ने अन्तिम दिन ३ अर्ब ५५ करोड रुपैयाँ निकासाको लागि फुकुवा भएको छ।
एसियन विकास बैंकको नीतिमा आधारित सहयोग रकमका लागि निकासा फुकुवा भएको हो।
महालेखा नियन्त्रकको कार्यालयले उक्त रकम तेस्रो त्रैमास अवधीको लागि मात्रै फकुवा भएकोमा आज चौथो त्रैमासका लागि समेत फुकुवा गर्ने निर्णय गरेको हो।
जसअनुसार कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई समेत निर्देशन दिइसकेको छ।
महालेखाले भनेको छ, ‘वार्षिक बजेट तथा कार्यक्रम अनुसारको रकम ननाघ्ने गरी निकासा व्यवस्था हुने भनि निर्णय भएकोले स्वीकृत कार्यक्रम हेरी निकासा दिन अनुरोध छ।’
महालेखाका अनुसार आज चालू आर्थिक वर्षको भुक्तानी हुने अन्तिम दिन हो।
51
Shares

प्रतिक्रिया