कारोबार


विदेशी लगानी भित्र्याउँदा निजी क्षेत्र तर्सनु पर्दैन: मन्त्री भट्ट

विदेशी लगानी भित्र्याउँदा निजी क्षेत्र तर्सनु पर्दैन: मन्त्री भट्ट

नेपालखबर
माघ २, २०७६ बिहिबार १५:१५,

उद्योग मन्त्री लेखराज भट्टले वैदेशिक लगानी भित्र्याउँदा स्वदेशी लगानीकर्ता डराउन नपर्ने बताएका छन्।

उनले सरकारले लगानी बढाउने राष्ट्रिय अभियान अन्तर्गत वैदेशिक लगानीलाई आकर्षित गरेको तर स्वदेशी लगानीकर्ताहरु प्रतिस्प्रधा गर्न सक्दैनौं की भन्ने चिन्तामा रहेको बताएका हुन्। उनले भने, ‘अहिलेको उद्देह्य के हो भने लगानी बढाउन राष्ट्रिय अभियान कसरी अगाडी बढाउन सकिन्छ भन्ने हो, तपाईहरुलाई निजी क्षेत्र भनिन्छ अव अलिकति तपाईहरुमा आतंक पैदा भएको जस्तो छ। बाहिरको लगानीकर्ता आयो भने हाम्रो के हुने भन्ने पनि एउटा दवाव पैदा भएको जस्तो छ त्यो लगानीलाई त तपाईहरुले स्वीकार्नुपर्छ भन्ने लाग्छ।’

उनले सरकारले सबै लगानीकर्तालाई एउटै दृष्टिबाट हेरेकाले आतंकीत नहुन आग्रह गरे। बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले काठमाडौंमा आयोजना गरेको उद्योग वाणिज्य क्षेत्रको विकास चुनौती र भावी कार्यदिशा सम्बन्धी अन्तक्रियामा मन्त्री भट्टले बाहिरी लगानीकर्तासँग प्रतिस्पर्धा गर्न सक्दैनौं भन्ने डर उद्योगी व्यवसायीहरुले हटाउनु पर्ने बताए। उनले मुलुकमा आर्थिक समृद्धिका लागि औद्योगिकरण आवश्यक रहेको र त्यसका लागि उद्योगहरुको मुनाफा सुनिश्चित हुनुपर्छ भन्नेमा सरकार जानकार रहेको बताए। उनले त्यसका लागि के कस्ता नीतिगत व्यवस्था आवश्यक छ सरकार छलफल गरी अगाडि बढ्न तयार रहेको समेत बताए।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले पछिल्लो समय नीतिगत व्यवस्थामा सुधार आएको तर यसको कार्यान्वयन पक्ष फितलो हुँदा उद्योगी व्यवसायीहरुले दुख पाउने गरेको बताए। उनले कानून निर्माण हुनु अघि छलफल हुँदा हुने कुरा र विधेयकमा आउने विषय नमिल्ने गरेको समेत बताइन्।

कार्यक्रममा उद्योगी व्यवसायीहरुले सरकारले लगानीको वातावरण निर्माण गर्न प्रयत्न गरिरहेपनि उद्योग दर्ता, इजाजत लिने प्रकृया झन्झटिलो र समय लाग्ने तथा बैंकमा देखिने समस्या र राजश्व लगायतका विषय हुने जटिलताका कारणले पनि लगानी प्रवद्र्धन हुन नसकेको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad