ad ad

कारोबार


पञ्चेश्वरको ‘गभर्निङ बडी’ बैठक पोखरामा

पञ्चेश्वरको ‘गभर्निङ बडी’ बैठक पोखरामा

नेपालखबर
असार २१, २०८० बिहिबार २१:४९, पोखरा

पोखरामा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको ‘गभर्निङ बडी’ को बैठक सुरु भएको छ। बिहीबारबाट सुरु भएको बैठक शुक्रबारसम्म चल्ने र यसले आयोजना कसरी अगाडि बढाउने र बजेट निर्माणको निर्णय गर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन्।

उनले परियोजनालाई गति दिनेबारे छलफल भइरहेको पनि बताए।

२०५२ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भएको महाकाली सन्धिमा पञ्चेश्वर परियोजनाको डीपीआर ६ महिनाभित्र सक्ने र त्यसलगत्तै  निर्माण थाल्ने उल्लेख थियो।

तर, सम्झौताका यतिका वर्ष हुँदा पनि निर्माणले गति लिन सकेको छैन। 

परियोजना निर्माण भए उत्पादन हुने ६ हजार ४ सय ८० मेगावाट विद्युतमध्ये नेपालले  ३२ सय ४० मेगावाट पाउने सम्झौतामा उल्लेख छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग महाकालीको पञ्चेश्वर परियोजना अघि बढाउने सहमति भए अनुरुप नै पोखरामा बैठक बसेको हो।

नेपालका ऊर्जासचिव दिनेशकुमार घिमिरे र भारतको जलशक्ति मन्त्रालयका सचिव पंकज कुमारले पोखरामा आयोजित बैठकको संयुक्त अध्यक्षता गरिरहेका छन्।

पंकज कुमार भारतको जलशक्ति मन्त्रालयअन्तर्गतको जलस्रोत, नदी विकास एवं गंगा संरक्षण विभागका सचिव हुन्। बैठकमा उनीसहित १३ सदस्यीय टोली सहभागी छ।

नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको नेतृत्वमा २० सदस्यीय टोलीले सहभागी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .