ad ad

कारोबार


नयाँ बजेटको सोचमा अर्थमन्त्री, टेबलमा विशाल ग्रुपको कर छुट फाइल

नयाँ बजेटको सोचमा अर्थमन्त्री, टेबलमा विशाल ग्रुपको कर छुट फाइल

नेपालखबर
माघ २, २०७६ बिहिबार १२:१,

विशाल ग्रुपअन्तर्गतको युनाइटेड डिस्ट्रिब्युटर नेपाल प्रालिले तीनवटा वस्तुमा करछुट माग गरेको छ। कम्पनीले कोकोया मिक्स चकलेट, स्याम्पु र डिटरजेन्ट पाउडर आयातमा कर छुट माग गरेको हो। कम्पनीका निर्देशक विवेक अग्रवालले अर्थ मन्त्रालयमा नै पुगेर आयातमा लाग्ने अन्तःशुल्क तथा भन्सार दरमा सहुलियत तथा छुट दिन माग गरेका हुन्।

कम्पनीले मन्त्री खतिवडालाई पठाएको फाइलमा करछुट हुनुपर्ने कारणहरु समेत उल्लेख गरेको छ। कोकोया चकलेट आयातमा हाल भन्सार दर ४० प्रतिशत रहेको र आगामी आर्थिक वर्षमा ३० प्रतिशत कायम हुनुपर्ने बताएको छ। त्यस्तै यसको अन्तःशुल्क ५ प्रतिशत रहेकोमा त्यसलाई हटाउनुपर्ने माग गरेको हो।

यो चकलेट नेपालमा उत्पादन त हुने तर गुणस्तरहीन भएकोले त्यसको शुल्क कम गर्नुपर्ने कम्पनीको माग छ। त्यस्तै नेपालीलाई सहुलियत मूल्यमा उपभोग गर्नको लागि र नेपाल डब्ल्यूटीओको सदस्य भएको दाबी गर्दै कम्पनीले भन्सार दर सरलीकृत गर्दै जानुपर्ने अवस्थामा उक्त माग गरेको जनाइएको छ।

अर्को वस्तु स्याम्पुमा हाल २० प्रतिशत भन्सार दर कायम रहेकोले १५ प्रतिशत कायम गराउनुपर्ने माग कम्पनीले गरेको छ। यसको अन्तःशुल्क दर ५ प्रतिशत रहेकोले त्यसलाई हटाउनुपर्ने माग गरिएको छ। बढी भन्सार दर हुँदा स्याम्पु महँगो भएकोले न्यून बीजकीकरण भई आउने गरेको र त्यसलाई रोक्न पनि यसमा छुट हुनुपर्ने माग विशाल ग्रुपले गरेको हो।

तेस्रो वस्तुको रुपमा डिटरजेन्ट पाउडर (लुगा धुने धूलो)लाई करछुटको माग गरेको छ। हाल यसको भन्सार दर २० प्रतिशत रहेकोले त्यसलाई १५ प्रतिशत गरिनुपर्ने माग गरेको हो। यसको अन्तःशुल्क दर ५ प्रतिशत कायम रहेकोले त्यसलाई हटाउनुपर्ने माग भएको छ। चालू आर्थिक वर्षमा यसको भन्सार वृद्धि हुँदा अधिक मात्रामा चोरी पैठारी भई आएकोले चोरी पैठारीलाई रोक्न छुट दिनुपर्ने कम्पनीको भनाइ छ। व्यवसायी अग्रवालले अर्थमन्त्री खतिवडाको टेबुलमा चिठी पुर्याएका हुन्।

बजेट कार्यान्वयनको आधा समय बितेको छ। अहिले अर्थ मन्त्रालय अर्धवार्षिक समीक्षामा केन्द्रित बनेको छ। अर्थमन्त्री खतिवडाले अर्थवार्षिक समीक्षा र आगामी बजेटको तर्जुमा समेत सँगसँगै अघि बढाउने गरी कर्मचारीसँग छलफल गरिसकेको मन्त्रालय स्रोतले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .