पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू प्रधानमन्त्री हुँदा प्रयोग गरेको स्वदेशमै उत्पादित ‘मुस्ताङ म्याक्स’ गाडी सम्झिएका छन्।
स्वदेशमै पहिलोपल्ट हुलास मोटर्स कम्पनीले उत्पादन गरेको मुस्ताङ गाडी आफू प्रधानमन्त्री छँदा प्रयोग गरेर डा. भट्टराई चर्चामा आएका थिए। तर हाल सो गाडीको उत्पादन बन्द भइसकेको छ। सरकारबाट असहयोग भएको भन्दै विराटनगर-१७ स्थित मोटर्स कम्पनीले २०७१ पुस २७ देखि नै गाडी उत्पादन बन्द गरेको हो।
त्यसको ९ वर्षपछि हाल नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले ‘मुस्ताङ म्याक्स’ गाडी मात्र नभएर आत्मनिर्भर नेपालको एउटा सपना भएको उल्लेख गर्दै त्यसलाई मर्न दिन नहुने बताएका हुन्।
‘मुस्ताङ म्याक्स’ एउटा गाडी मात्र हैन, आत्मनिर्भर/अन्तर्निर्भर नेपालको सपना थियो’, पूर्वप्रधानमन्त्री डा. भट्टराईले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सपना मर्न नदिऊँ।’
Shares
प्रतिक्रिया