कारोबार


सुनिल केसी सिंगटी हाइड्रो सञ्चालक समिति सदस्यमा निर्वाचित

सुनिल केसी सिंगटी हाइड्रो सञ्चालक समिति सदस्यमा निर्वाचित

नेपालखबर
असार १३, २०८० बुधबार १९:११, काठमाडौँ

नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसी सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन्।  

बुधबार सम्पन्न कम्पनीको बाह्रौं तथा तेह्रौं वार्षिक साधारण सभाबाट निर्वाचित भएका हुन्। 

एशियन इन्स्टिच्यूट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्स (एआईडीआईए)का संस्थापक समेत रहेको श्री केसी सन् २०१५ देखि निरन्तर नेपालको कूटनीतिमा कृयाशील रहेका छन्। 

वर्तमान समयमा नेपालको समग्र आर्थिक विकासमा जलविद्युत भरपर्दो र लाभदायी क्षेत्र रहेका उनले यिनै विषयमा केन्द्रित भई लेखहरु प्रकाशित गर्दै आएका छन्। उनले ऊर्जा विकासको क्षेत्रमा अपनाउनुपर्ने नीति लगायत विषयमा विज्ञता राख्दै आएका छन्। 

नेपालको द्रूत आर्थिक विकासको लक्ष्य हासिल गर्ने भरपर्दो क्षेत्र जलविद्युत र यसका परियोजनाहरुमा भारतीयसहितका विदेशी लगानी आकर्षित गर्न उनी कृयाशील छन्। 

संघको सदस्य प्रतिष्ठान सिंगटी हाइड्रो इनर्जी लिमिटेडको बोर्ड अफ डाइरेक्टरका रुपमा उनको संलग्नताले कम्पनीका साथै नेपालको समग्र जलविद्युत ऊर्जाको क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास संघले लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad