ad ad

कारोबार


अरुको लाइसेन्समा काम गर्न पाउनुपर्ने माग गर्दै भन्सार विभाग अगाडि धर्ना

अरुको लाइसेन्समा काम गर्न पाउनुपर्ने माग गर्दै भन्सार विभाग अगाडि धर्ना

नेपालखबर
असार १३, २०८० बुधबार १७:५८, काठमाडौँ

भन्सार एजेन्टको लाइसेन्स अरुको नाममा भएपनि आफूले काम गर्न पाउनु पर्यो भन्दै भन्सार विभाग अगाडि धर्ना सुरु भएको छ। यो भन्दा अघि एजेन्टको प्रतिनिधिको रुपमा काम गरेकाहरुले धर्ना बसेका हुन्।

रोजगार खोसिएको भन्दै भन्सार एजेन्ट प्रतिनिधि संघ नै निर्माण गरेर भन्सार विभाग अगाडि धर्नालाई निरन्तरता दिइएको छ।

भन्सार विभागले अहिले जसको लाइसेन्स हो त्यसले मात्रै काम गर्न पाउने व्यवस्था गरेको छ। साथै लाइसेन्स परीक्षा गरेर नयाँ एजेन्टहरु समेत थप गरेको छ।

तर, त्रिपुरेश्वरस्थित भन्सार विभाग अगाडि संशोधित भन्सार ऐन २०६४ र नियमावली ०६४ ले भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यवस्था नै खारेज गरेको भन्दै धर्नालाई निरन्तरता दिएका छन्।  

भन्सार एजेन्टहरुले भन्सार आफूहरुलाई राज्यले उचित व्यवस्थापन गर्नुपर्नेमा उल्टो भएको व्यवस्थासमेत खारेज गरेको भन्दै धर्नालाई निरन्तरता दिइरहेका छन्।

देशभर कार्यरत ३०० भन्दा बढी भन्सार प्रतिनिधिहरु जेठ १५ गतेबाट बेरोजगार भएको भन्दै भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यवस्था कायम गर्न उनीहरुले माग गर्दै आएका छन्।

अहिले पनि धर्नामा ‘हाम्रो रोजगारीको सुनिश्चित गर, संविधान प्रदत्त अधिकार कायम गर्, हान्यो वाण प्रतिनिधि जत्थामा- अन्धो सरकार बस्या छ सत्तामा, विभेदकारी ऐन संशोधन गर्’ भन्ने नारा लेखेको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .