कारोबार


कुमारी बैंक र यूएसएडबीच सहयोग सम्झौता

कुमारी बैंक र यूएसएडबीच सहयोग सम्झौता

नेपालखबर
असार ११, २०८० सोमबार १४:५३, काठमाडौँ

कुमारी बैंक र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएड)बीच सहयोग सम्झौता भएको छ। एकअर्काबीच विभिन्न क्षेत्रमा प्रभावकारी  सहयोगका लागि दुईबीच तीन वर्षका लागि सम्झौता भएको हो।

दुई बीच युएसएडले बैंकसँग वित्तीय क्षेत्रको प्राविधिक क्षेत्रमा नवीन समाधानका लागि विशेषज्ञताको साझेदारी गर्नेछ। यसैगरी बैंकले आफ्ना शाखा र अनलाइन सेवामार्फत् व्यापार समाधानका लागि अनुकूल प्याकेजमा सहयोग गर्नेछ।

आर्थिक वर्ष २०८०/८१ सम्म बैंकले १० हजार नयाँ लघु, साना तथा मझौला उद्योग तथा १ हजार महिला नवप्रर्वतन क्षेत्रका महिलाका लागि ऋण सुविधा कार्यक्रम सञ्चालनको लक्ष्य लिएको छ।

एलओसीमा कुमारी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश राज अर्याल र यूएसएडका तर्फबाट पार्टी प्रमुख एजनेज लुजले हस्ताक्षर गरे।

कोभिडले थलिएको अर्थतन्त्र विस्तारै लयमा फर्किँदै गएमा यस सम्झौताले नेपाललाई गुणस्तरीय सामान निर्यात, विविधिकरण, दीगो रोजगारी वृद्धि तथा पुँजीकरण लगायतका क्षेत्रमा सहयोग गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad