ad ad

कारोबार


अब २० लाख ९९ सय हजारमा पाइने भयो वुलिङ एयर ईभी, खुल्यो बुकिङ

अब २० लाख ९९ सय हजारमा पाइने भयो वुलिङ एयर ईभी, खुल्यो बुकिङ

नेपालखबर
असार १०, २०८० आइतबार १४:५३, काठमाडौँ

इलेक्ट्रिक कार वुलिङ एयर ईभीको बुकिङ प्रारम्भ भएको छ। नेपालमा सो इलेक्ट्रिक ब्रान्डको आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले वुलिङ एयर ईभीको बुकिङ खुल्ला गरेको हो।

ईभी नेपाल मोटर्सले पहिले देखि नै नेपाली बजारमा लेभ्निङ ब्रान्डका इलेक्ट्रिक स्कुटर समेत बिक्री–वितरण गरिरहेको छ। ईभी नेपाल मोटर्सको दोस्रो वार्षिकोत्सवको अवसरमा सो गाडीको मूल्य समायोजन गरेर २० लाख ९९ हजार रुपैयाँ मूल्यमा बुकिङ खुल्ला गरिएको हो।

यो भन्दा पहिले नेपाली बजारमा दुई भेरिएन्टमा सो गाडी उपलब्ध हुने गरी यसको मूल्य २४ लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ मूल्य हुने बताइएको थियो। तर हाल एउटा भेरिएन्टको मूल्य २० लाख ९९ हजार रुपैयाँ तोकेरै बुकिङ खुला गरिएको हो।

हाल प्रमोसनल अफरको रुपमा सो मूल्यका साथ बुकिङ प्रारम्भ गरिएको कम्पनीको भनाइ छ। यसका साथै ग्राहकले ५० हजार रुपैयाँसम्मको एसेसरिज समेत प्राप्त गर्न सक्ने बताइएको छ।

वुलिङ एयर ईभीमा १७.३ किलोवाट आवरको ब्याट्री र ३० किलोवाटको मोटर छ। यसले सिंगल चार्जमा २०० किलोमिटरको रेन्ज दिने कम्पनीको भनाइ छ।

वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ। वुलिङ एयर ईभी  इन्डोनेसियामा लोकप्रिय रहेको इलेक्ट्रिक कार हो ।

ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल (जीएसईभी) प्लेटफर्ममा यो इलेक्ट्रिक कार निर्माण भएको हो। यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभी समेत बनेका छन् । वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो।

अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि चलाउन मिल्ने अनुभव भएको वुलिङ एयर ईभी नेपाली बजारका लागि निकै नै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको कम्पनीका एजिम एन के शरदले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .