ad ad

कारोबार


चीनका राजदूतले गरे पोखरामा सीजी मोटर्सको शोरुम उद्घाटन

पहिलो ईभी ट्याक्सी हस्तान्तरण
चीनका राजदूतले गरे पोखरामा सीजी मोटर्सको शोरुम उद्घाटन

नेपालखबर
असार ८, २०८० शुक्रबार २०:८, काठमाडौँ

पोखरामा सीजी मोटर्सको दोस्रो शोरुमको शुभारम्भ गरिएको छ। पोखराको अर्चलबोटे चोकमा खुलेको उक्त शोरुमको नेपालका लागि चीनका राजदूत चेन सोङले शोरुमको उद्घाटन भएको हो। 

उद्घाटनपछि राजदूत सोङले नेपाल तथा चीनको अटुट सम्बन्धमा जोड दिए। उनले सीजी मोटर्सलाई सफलताको शुभकामना पनि दिए। 

समारोहमा सीजी मोटर्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालका साथै अन्य पदाधिकारीहरुको समेत उपस्थिति थियो। 

उद्घाटनमा प्रमुख कार्यकारी अधिकृत अग्रवालले अब पोखरावासीले समेत सहज रुपमा नेटा भी को अनुभव गरी खरिद गर्न सक्ने बताए।

उक्त कार्यक्रममा पोखराका लागि पहिलो ईभी ट्याक्सी साथै, पहिलो विद्युतीय माइक्रो भ्यानको राजदूत सोङले हस्तान्तरण गरे। 

अब पोखरामा विद्युतीय गाडीको प्रयोग बढाउन सुझाव दिँदै उनले गाडी हस्तान्तरण गर्न पाउँदा आफू खुसी भएको बताए। पियोर ईभी प्लाटफर्ममा बनेको नेटा भी ले फुल चार्जमा ३८० किमीको दूरी पार गर्न सक्ने सीजी मोटर्सले बाताएको छ।

१७० एम एम ग्राउण्ड क्लीयरेन्स रहेको नेटा भी नेपालको बाटोहरूका लागि पनि उपयुक्त रहेको कुरा सीजी मोटर्सका एक कर्मचारीले बताए।

यो किसिमको ग्राउण्ड क्लीयरेन्स तथा यसको डिजाइनले नेटा भीलाई एयरोडाइनामिक्स दिन्छ जसले यसको गति र सन्तुलन कायम राख्छ। 

यसका साथै नेटा भी गाडीभित्र प्रदुषणरहित बनाउन एन९५ हेपा फिल्टरको प्रयोग भएको छ जसले बाहिरको प्रदुषणका साथै गाडीभित्रको हावाको पनि प्रदुषण फिल्टर गर्ने गर्छ।

नेटा भीमा विश्वले रुचाएको सिएटिएल ब्याट्रिको प्रयोग भएको छ।

सीजी मोटर्सले नेटा भीका साथै इभी माइक्रोबस केवाइसी तथा किङलङका मोडलहरु समेत बिक्री गर्दै आएको छ र उक्त मोडलहरु पोखराको शोरुममा समेत उपलब्ध हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .