ad ad

कारोबार


समन्वय गर्न सक्ने संस्था नहुँदा डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा कठिन भएको छ : सञ्चारमन्त्री शर्मा

समन्वय गर्न सक्ने संस्था नहुँदा डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा कठिन भएको छ : सञ्चारमन्त्री शर्मा

नेपालखबर
असार ८, २०८० शुक्रबार १४:४६, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि मनोरञ्जनको मात्र नभएर उत्पादन र डिजिटल अर्थतन्त्रका लागि पनि हो भन्‍ने आभास हुन थालेको बताएकी छन्।

ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ को फायर साइड पावर संवादमा बोल्दै सञ्‍चारमन्त्री शर्माले अहिले नेपालमा सूचना प्रविधिको सोचाइमा परिवर्तन आएको बताएकी हुन्।  

‘सुरूमा सूचना प्रविधिलाई मनोरञ्जनको साधनका रूपमा लिइन्थ्यो,’ उनले भनिन्, ‘अहिले त्यो सोचाइ परिवर्तन भएको छ। सूचना प्रविधि मनोरञ्जनको मात्र नभएर उत्पादन र डिजिटल अर्थतन्त्रका लागि पनि हो भन्ने छ।’

उनले सबै नागरिकसामू सूचना प्रविधिको पहुँच पुर्‍याउन सरकारले निरन्तर रुपमा काम गरिरहेको भन्‍दै त्यसका लागि आवश्यक नीति बनाउने काम भइरहेको बताइन्।

सूचना प्रविधि क्षेत्र पुरानै नीतिले चलिरहेको बताउँदै उनले पुराना नीतिलाई समयानुकुल बनाउने गरी मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ।

सूचना प्रविधिबाट हुन सक्ने दूरूप्रयोग रोक्न मन्त्रालय सचेत रहेको समेत उनको भनाइ। ‘अबको १० वर्षमा सूचना प्रविधिमा उल्लेखनीय विकास हुनेछ’ उनले भनिन्।
समन्वय गर्न सक्ने संस्था नहुँदा डिजिटल नेपाल फ्रेमवर्कलाई पूर्ण कार्यान्वयन गर्न कठिन भएको उनले बताइन्।

उनले अगाडि भनिन्, ‘डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि अधिकारप्राप्त संस्थाको खाँचो छ। यसका लागि मन्त्रालयमा छलफल भइरहेको छ।’

सूचना प्रविधि सेवामा आईटी पढेकालाई आकर्षित गर्न काम गरिरहेको बताउँदै उनले सरकारी सेवामा भएका आईटी जनशक्तिको विकासका लागि स्टाफ कलेजको व्यवस्था गर्ने बताइन्।

‘हामी सरकारी सेवामा भएका आईटी जनशक्तिको विकासका लागि छुट्टै स्टाफ कलेजको पनि व्यवस्था गर्दैछौं।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .