ad ad

कारोबार


जेएमसीको भिगस् प्लस् पिकअपमा आकर्षक फाइनान्स सुविधा

जेएमसीको भिगस् प्लस् पिकअपमा आकर्षक फाइनान्स सुविधा

नेपालखबर
असार ८, २०८० शुक्रबार १४:०, काठमाडौँ

छोटो समयमै नेपाली बजारमा राम्रो प्रभाव पार्न सफल ब्राण्ड जेएमसीले भिगस् प्लस् नामक आफ्नो पिकअप गाडी खरिदकर्ताका लागि आकर्षक फाइनान्स अफर लिएर आएको छ।

यस अफर अन्तर्गत खरिदकर्ताहरुले ७५ प्रतिशत फाइनान्समा भिगस् प्लस् गाडीलाई आफ्नो बनाउन सक्नेछन्।

जेएमसीले खरिदकर्ताकै सहजताका लागि भनेर अफर अन्तर्गत २४ घण्टा भित्र डेलिभरी, आकर्षक नगद छुट र सहज एक्सचेन्जका साथ हरेक टेस्ट ड्राइभमा उपहार समेत दिँदै आएको जनाएको छ ।

त्यसका साथै शोरुम नधाइकन टेस्ट ड्राइभ गर्न चाहनेका लागि भनेर जेएमसीले डुवरस्टेप सुविधा पनि लिएर आएको छ जसमा जेएमसीका कर्मचारीहरु गाडी लिएर टेस्ट ड्राइभ गर्न इच्छुक खरिदकर्ताको घरैसम्म पुग्‍नेछन्।

नेपालमा शंकर ग्रुपको मातहतमा रहेको सौर्य ग्रुप आधिकारिक बिक्रेता रहेको जेएमसी एक चाइनिज सवारी साधन कम्पनी हो। फोर व्हिल ड्राइभ भएको भिगस् प्लस् मोडलको पिकअप जस्ता अत्याधुनिक र गुणस्तरका गाडी उत्पादन गर्ने जेएमसीले चीनको बजारमा बलियो प्रभाव पार्न सफल बनिसकेको दाबी गरेको छ।

चीनमा जेएमसीका ट्राभलर भ्यान र  कार्गो ट्रक लगायतका अन्य अरु सवारी साधन पनि उपलब्ध रहेका छन्। चिनियाँ बजारपछि नेपाल भित्रिएको जेएमसलिे आगामी दिनमा नेपाल भित्र अन्य अरु मोडलका गाडीहरु पनि भित्राउने योजना राखेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .