कारोबार


एनएमबी बैंकद्वारा नेपालमा वी च्याट पे सार्वजनिक

चिनियाँ पर्यटकले अब नेपालमा सजिलै भुक्तानी गर्न सक्ने
एनएमबी बैंकद्वारा नेपालमा वी च्याट पे सार्वजनिक

नेपालखबर
असार ७, २०८० बिहिबार १६:१४, काठमाडौँ

एनएमबी बैंकसगँको साझेदारीमार्फत छिमेकी राष्ट्र चीनको सर्वाधिक लोकप्रिय डिजीटल वालेट वीच्याट पे आधिकारिक रुपमा पहिलो पटक नेपाली बजारमा प्रवेश गरेको छ।

वी च्याट पे सेवाको औपचारिक घोषणा पोखराको लेकसाइडमा एक समारोहबीच गरिएको थियो।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा महानगरपालिका मेयर धनराज आचार्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, एनएमबी बैंकका संचालक योगेन्द्र लाल प्रधान, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलगायतको उपस्थिती रहेको थियो।

समारोहमा नेपालका लागि चीनका राजदूत चेन सोङले वी च्याट पे क्यूआर कोड मार्फत स्थानीय व्यवसायीलाई कारोबार गर्न सहजता पुग्ने वी च्याट पेको सुविधा र नेपाल चीन फ्रेन्डशीपको विषयमा प्रकाश पारे।

साथै उनले नेपाल घुम्न आएका चिनियाँ पर्यटकले गर्ने खर्च अब वी च्याट मार्फत गर्न सक्ने र यसबाट चिनियाँ पर्यटकले खर्च गरेको रकम आधिकारिक रुपमा बैंकिङ प्रणाली मार्फत सम्बन्धित सेवा प्रदायक बिक्रेताले प्राप्त गर्ने बताए। यसले डिजिटल बैंकिङ कारोबारलाई समेत प्रोत्साहन हुने विश्वास व्यक्त गरे।

यो साझेदारीले वी च्याट पेमार्फत कारोबार गर्ने चिनियाँ पर्यटक, व्यवसायी र आगन्तुकहरुको लागि नयाँ अवसर प्रदान गरेको छ। अब आगन्तुकहरूले आफ्नो वीच्याट पे डिजिटल वालेट प्रयोग गरी सटही सुविधा नलिई उक्त सिस्टम प्रयोग गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त यस एनएमबी बैंक मार्फत नेपालमा सिधै आधिकारीक कारोबार गर्न सक्नेछन्।

एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad