ad ad

कारोबार


हवाई इन्धनको मूल्य घट्यो

हवाई इन्धनको मूल्य घट्यो

नेपालखबर
असार ५, २०८० मंगलबार २१:४५, काठमाडौँ

सरकारले हवाई इन्धनको मूल्य घटाएको छ। नेपाल आयल निगमका अनुसार आन्तरिकतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएर एक सय ५० रुपैयाँ प्रतिलिटर कायम भएको छ। 

अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति किलोलिटर दुई सय अमेरिकी डलर (करिब २६ रुपैयाँप्रति लिटर)ले घटेको छ। 

मूल्य समायोजनपश्चात् भारतको कोलकाताको हवाई इन्धन (आन्तरिकतर्फ)को बिक्री मूल्यको तुलनामा काठमाडौँमा बिक्री गरिने मूल्यप्रति लिटर ३ दशमलव ६९ रुपैयाँले सस्तो भएको छ।

अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको रहेको निगमले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .