ad ad

कारोबार


ब्रोकर लाइसेन्स प्रक्रियामा कुनै गल्ती गरेका छैनौं : अध्यक्ष हमाल

ब्रोकर लाइसेन्स प्रक्रियामा कुनै गल्ती गरेका छैनौं : अध्यक्ष हमाल

नेपालखबर
असार ५, २०८० मंगलबार १७:१८, काठमाडौँ

धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको इजाजत दिने प्रक्रियामा आफूले कुनै गलत मनसाय नराखी काम गरेको बताएका छन्।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिमा बोल्दै अध्यक्ष हमालले लाइसेन्स दिने प्रक्रियामा आफूले कुनै गलत मनसाय नराखी काम गरेको बताएका हुन्।

उनले ब्रोकर लाइसेन्स प्रक्रियामा कुनै कमजोरी नभएको र आगामी समयमा समेत कुनै गल्ती कमजोरी हुन नदिने प्रतिवद्धता जनाए।

गल्ती भएको खण्डमा कारबाही भोग्न तयार रहेको हमालले बताए।

साथै, उनले मापदण्ड पुर्याउने ब्रोकर कम्पनीलाई ३० दिनभित्र नयाँ लाइसेन्स प्रदान गर्ने बताए।

‘हाल नयाँ ब्रोकर लाइसेन्सको लागि ४३ कम्पनीलाई आसयपत्र प्रदान गरेका छौं’, उनले भने, ‘आसयपत्र पाउने मध्येका १८ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरिसकेका छौं।’

आशय पत्र दिएर पूर्वाधार तयार पार्ने र मापदण्ड पूरा गर्ने सबैलाई लाइसेन्स पाउने उनले बताए।

हमालले ब्रोकर कोटा प्रणालीलाई खुल्ला गर्दा केहीले विरोध गर्नु स्वभाविक रहेको दाबी पनि गरे।

‘खुल्ला प्रणाली जनतालाई न्याय दिन ल्याएको प्रणाली हो’, उनले भने, ‘केही व्यक्तिको स्वार्थ पूरा नहुँदा विरोध गर्ने कुरा सामान्य हो।’

हमालले घोराही सिमेन्टको आईपीओ जारी गर्ने प्रक्रिया तत्कालको लागि स्थगित गरिएको जानकारी पनि दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .