नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले आफ्ना माग पूरा नभए असार १६ बाट उद्योग बन्द गर्ने भएका छन्। सरकारले उद्योग दर्ता तथा नविकरण नगरेका कारण उद्योग बन्द गर्ने भएको हो।
सरकारले २०७९ माघ ११ गते दर्ता भई सञ्चालनमा रहेका तर मापदण्ड लगायतका कारण नवीकरण हुन नसकेका कस्रर उद्योग हकमा २०८० मसान्तभित्र शुल्क लिई नवीकरण गर्ने निर्णय गरेको थियो।
महासंघको अनुसार व्यवसायीले कर, दस्तुर, शुल्क लगायतका राजश्व रकम बुझाउन जाँदा पत्रमा नविकरणको भाष स्पष्ट नभएको करण जनाई रकम बुझ्न नमानेको र उद्योगहरू नवीकरण समेत हुन सकेका छैनन्।
‘नेपाल सरकारबाट कानुन बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योगहरू असार १५ गतेभित्र नवीकरण गर्न माताहतका निकायलाई स्पष्ट निर्देशन नभएको खण्डमा सम्पूर्ण उद्योगहरुको बिक्री वितरण कार्य तथा उत्पादन कार्य ठप्प गरी अनिश्चित कालको लागि बन्द गर्ने,’ निर्णय भएको महासंघले जनाएको छ।
Shares

प्रतिक्रिया