ad ad

कारोबार


सैनिक आवासीय महाविद्यालयलाई आकाशे पानी सङ्कलन, ग्राउन्डवाटर रिचार्ज हस्तान्तरण

सैनिक आवासीय महाविद्यालयलाई आकाशे पानी सङ्कलन, ग्राउन्डवाटर रिचार्ज हस्तान्तरण

नेपालखबर
असार १, २०८० शुक्रबार १७:२०, काठमाडौँ

कोका–कोला बेभरेजेज नेपाल र स्प्ल्यास नेपालको संयुक्त पहलमा सैनिक आवासीय महाविद्यालय पोखरामा सफा र सुरक्षित पानी तथा अरबन रेजिलियन्ट कम्युनिटी निर्माणका लागि आकाशे पानी सङ्कलन र ग्राउन्डवाटर रिचार्ज

कोका–कोला बेभरेजेज नेपालले स्प्ल्यास नेपालको कार्यान्वयन टोलीसंग मिलेर आकाशे पानी सङ्कलन, ग्राउन्डवाटर रिचार्ज (भूमिगत जल पुनःभरण) तथा सफा पिउने पानीको प्रोजेक्ट सैनिक आवासीय महाविद्यालयलाई हस्तान्तरण गरेको छ।

२३ मे २०२३ मा सुरुवात भई ८ जुन २०२३ मा समापन भएको उक्त संयुक्त प्रोजेक्ट विश्व वातावरण महिनाको अवसर पारेर सैनिक आवासीय महाविद्यालयमा हस्तान्तरण समारोह आयोजित हस्तान्तरण गरिएको जनाइएको छ।

१२ ओटा बोतल फिलर धारा तथा ८ ओटा बब्लर फसेटलाई ४ ओटा वाटर स्टेसन र डुअल स्पाउट्ससगँ क्रमशः जोड्दै खानेपानी बितरणका लागि २ यु.एफ. फिल्टर उक्त स्थानमा जडान गरिएको छ । यस प्रोजेक्टले २५०० भन्दा बढी मानिसहरू लाभान्वित हुने बताइएको छ।

यस प्रोजेक्टले वार्षिक रूपमा ४,३५,४०० लिटरसम्म वाटर रिचार्ज गर्ने अपेक्षा गरिएको छ। 

सैनिक आवासीय महाविद्यालयका नेपाली सेना मेजर बाबुलाल जि.सिले भने, ‘यस विद्यालयमा १२०० भन्दा धेरै विद्यार्थी छन् र बिशेषगरि हाम्रो होस्टलमा पानीको ज्यादै आवश्यकता हुन्छ। सफा पिउने पानी बच्चाहरुको लागि आधारभूत अधिकार हो र यो आवश्यकता पुरा गर्न पाउँदा हामी खुसी छौँ। हाम्रो विद्यालयमा पानीको दिगो समाधानको सुविधा स्थापनामा सहयोग गर्नुभएकोमा कोका–कोला बेभरेजेज नेपाल र स्प्ल्यास नेपाल प्रति हामी आभारी छौँ।’

कोका–कोला बेभरेजेज नेपालका प्रबन्ध निर्देशक जि. दिपक सेन्थिल नाथले जिम्मेवार पानी प्रयोगको प्रवर्धनमा लागि परेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .