गण्डकी प्रदेश सरकारले सिँचाइ तथा नदी नियन्त्रणमा १ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ।
गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश आलेले अगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै कृषिको उत्पादकत्व बढाउन सिँचाइ तथा नदि नियन्त्रणमा १ अर्ब २४ करोड रुपैयाँ छुट्याएको उल्लेख गरेका हुन्।
कृषि क्षेत्रमा सिँचाइ सुविधा पुर्याउँदै नदी किनारका बस्ती जोगाउन प्रदेश सरकारले १ अर्ब २४ करोड बराबरको बजेट छुट्याएको हो।
उता लुम्बिनीमा २६६ वटा नयाँ सिँचाई आयोजना बनाउन ६६ करोड बजेट विनियोजन गरिएको छ।
२६६ वटा भूमिगत तथा लिफ्ट सिँचाइ आयोजनाका लागि ६६ करोड रुपैयाँ विनियोजन गरिएको छ।
आगामी वर्षको बजेटमा निर्माणाधीन मझौला तथा साना सिँचाइतर्फाका ७६ वटा र भूमिगततर्फका १२९ आयोजनाका लागि ८७ करोड रुपैयाँ विनियोजन भएको छ।
प्रदेशले यसबाट थप १४ सय ५० हेक्टर जमिनमा सिँचाइ पुग्ने भएको छ।
Shares

प्रतिक्रिया