कारोबार


आईएमईको २३ औं वर्ष प्रवेशका अवसरमा कर्मचारी र एजेन्ट सम्मानित

आईएमईको २३ औं वर्ष प्रवेशका अवसरमा कर्मचारी र एजेन्ट सम्मानित

नेपालखबर
जेठ ३०, २०८० मंगलबार १८:२५, काठमाडौँ

आफ्नो स्थापनाको २३औँ वर्ष प्रवेशको अवसरमा आईएमई लिमिटेडले सोमबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको छ।

‘निरन्तर सहयात्रा विश्वासको’ भन्ने मूल नाराका साथ मनाइएको समारोहमा आईएमई लिमिटेड तथा आईएमई ग्रुपका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति थियो।

कार्यक्रममा आईएमई ग्रुपका सह–संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले आईएमईको व्यवसायिक यात्राको स्मरण गर्दै यस यात्रामा निरन्तर सहयोग गर्ने सेवाग्राहीहरु, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नियमनकारी निकायहरु, व्यावसायिक साझेदारहरु, कर्मचारी लगायतमा आभार व्यक्त गरे।

ग्राहकको रोजाई, आवश्यकता तथा बजार गतिशील भइरहेको उल्लेख गर्दै उनले अत्याधुनिक प्रविधिको प्रयोग गरी रेमिटेन्स सेवालाई अझ परिष्कृत, सहज र सुरक्षित बनाउँदै लैजाने बताए।

प्रबन्ध निर्देशक ढकालले वैधानिक माध्यमबाट रेमिटेन्स भित्राई देशको औपचारिक अर्थतन्त्र निर्माणमा योगदान गर्न आईएमई प्रतिवद्ध रहेको र आफ्ना व्यवसायहरुलाई थप विविधीकरण गर्दै लगानी बिस्तार गर्ने उल्लेख गरे।  

सोही अवसरमा आईएमई लिमिटेडका सञ्चालक तथा आईएमई ग्रुपका वरिष्ठ उपाध्यक्ष सुमन पोखरेलले डिजिटल अर्थतन्त्रको इकोसिस्टम प्रवर्द्धन गरी फिनटेकको अधिकतम उपयोग गर्दै रेमिटेन्स सेवालाई थप परिष्कृत,सरल र विविधीकरण तर्फ लैजाने बताए।

त्यसैगरी आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यवसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई आफ्नो मुख्य कार्यदिशा बनाई सेवा प्रवाह गरिरहेको आईएमई आफ्ना विविधिकृत सेवाहरुको माध्यमबाट आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्षरुपमा जोडिँदै अघि बढ्ने बताए।

समारोहमा कम्पनीमा १० वर्ष भन्दा लामो समयदेखि सेवारत कर्मचारीहरु तथा लामो समयदेखि कम्पनीमा आवद्ध भएका एजेन्टहरूलाई सम्मान गरिएको थियो। त्यसैगरी वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको अन्तर कम्पनी खेलकुद सप्ताहका विभिन्न प्रतिष्पर्धाका विजेता र उपविजेताहरुलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो।

कलाकार तथा कम्पनीका ब्राण्ड एम्बेसडरद्वय दीपकराज गिरी तथा दिपाश्री निरौलाको समेत सहभागिता रहेको सो समारोहमा कमेडियन सुमन कार्कीको हास्य प्रस्तुती तथा कम्पनीका कर्मचारीहरुको विभिन्न सांस्कृतिक प्रस्तुती रहेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad