कारोबार


पुँजीगत खर्च प्रभावकारी बनाउन तालिका बनाएका छौँ : अर्थमन्त्री महत

पुँजीगत खर्च प्रभावकारी बनाउन तालिका बनाएका छौँ : अर्थमन्त्री महत

संसद्‍मा जवाफ दिँदै अर्थमन्त्री महत। तस्बिर : नेपालखबर


नेपालखबर
जेठ २९, २०८० सोमबार १४:०, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले कार्यतालिका बनाएको बताएका छन्।

अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन्। 

उनले पुँजीगत खर्च बढाउन कार्यतालिकासहित प्रभावकारी कार्यान्वयनको मोडालिटी बनाइएको पनि बताएका छन्। 

महतले आन्तरिक उत्पादनलाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाइएको पनि बताएका छन्।

‘उपभोग्य वस्तुमा कर लगाएको कुरा आएको छ। यहाँको चासो चिन्ता स्वभाविक हो। तर मेरो उद्देश्य आन्तरिक उत्पादनलाई संरक्षण गर्नु हो’, उनले भने।  

आफ्नो उत्पादनलाई प्रोटेक्सन गर्न आयातित वस्तुमा कर लगाउनुपर्ने समेत उनले बताए। ‘आलु प्याज पनि विदेशबाट आयात गर्ने?, आफैँ उत्पादन गरेर खानु पर्‍यो?’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .