कारोबार


अब टनकपुर ब्यारेजबाट पानी आउँछ, पञ्चेश्वरको पनि तीन महिनामा डीपीआर बन्छ : प्रधानमन्त्री

अब टनकपुर ब्यारेजबाट पानी आउँछ, पञ्चेश्वरको पनि तीन महिनामा डीपीआर बन्छ : प्रधानमन्त्री

संसद्मा सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
जेठ २२, २०८० सोमबार १२:३९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब टनकपुर ब्यारेजबाट पानी प्रवाह भएर नेपाली भूमि सिँचित हुने बताएका छन्। 

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा चार दिने भारत भ्रमणबारे जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। 

प्रचण्डले कञ्चनपुरस्थित पञ्चेश्वर बहुउद्देश्य परियोजनाको शीघ्र कार्यान्वयनका लागि तीन महिनाभित्रै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई अन्तिम रुप दिने तयारी भएको बताए।

उनले यसमा द्विपक्षीय छलफललाई तीव्रता दिने सहमति भएको पनि खुलाए। वित्तीय प्रबन्धसहित दुई सरकारले डीपीआर स्वीकृत गरेपछि एकवर्षभित्र कार्यान्वयनको मोडालिटी तय हुने उनले  बताए। 

नेपालतर्फका संरचनाको तयारी अवस्थामा रहेको टनकपुर ब्यारेजबाट लिङ्क क्यानलमार्फत् अब चरणवद्धरु नेपाली भूमिमा पानी गराउने सहमति पनि आफ्नो भ्रमणमा भएको उनले बताए। 

उनले आगामी १० वर्षमा व्यापार हुने गरी केही दिनमै हस्ताक्षर हुन लागेको पनि खुलाए। यो सम्झौता केही दिनमै भएपछि लागु हुने पनि उनले खुलाए। 

त्सैगरी उनले महाकाली नदीमाथि तीनवटा पक्की पुल निर्माण गर्ने सहमति पनि भएको खुलाए। यी पुल भारतीय अनुदानबाट बन्ने भएका छन्। 

प्रधानमन्त्री प्रचण्डले नेपालका परियोजना निर्माणका लागि विष्फोटक पदार्थको सहज र सरल आपूर्तिका लागि समकक्षी नरेन्द्र मोदीसँग गम्भीर रुपमा कुरा राखेको पनि बताए। 

‘नेपालमा निर्माणाधीन जलविद्युत र सडकजस्ता ठूला विकास निर्माण परियोजनाका लागि अतिआवश्यक विष्फोटक पदार्थ सहज र सरल आपूर्तिका लागि प्रधानमन्त्री मोदीजीसँग गम्भीर रुपमा कुरा राखेको छु’, उनले भने, ‘यस विषयमा सकारात्मक जवाफ पाएको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .