ad ad

कारोबार


भारतबाट विराटनगर आउँदै कार्गो रेल, सजाइयो कस्टम यार्ड

भारतबाट विराटनगर आउँदै कार्गो रेल, सजाइयो कस्टम यार्ड

सजाएर चिटिक्क बनाइएको नेपाल आउने कार्गो रेल


नेपालखबर
जेठ १८, २०८० बिहिबार १२:१६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपालमा कार्गो रेलसेवा सुरु हुने भएको छ। 

उक्त कार्गो रेल अहिले भारतको बथनाहादेखि विराटनगरका लागि छुटिसकेको छ। 

भारतबाट विराटनगरको कस्टम यार्डसम्म चल्ने कार्गो रेलको बिहीबार दुई देशका प्रधानमन्त्रीले दिल्लीबाट उद्घाटन गरेका छन्।

पहिलो पटक भारतबाट कार्गो रेल आउने भएपछि विराटनगरस्थित कस्टम यार्डलाई कर्मचारीहरुले सजाएका छन्। 

कार्गो रेल आउने भएपछि रमिता हेर्न स्थानीयबासी जम्मा भएका छन्। यो रेललाई विराटनगरस्थित व्यापारीहरुले विशेष कार्यक्रमसहित स्वागत गर्ने तयारी छ। 

विराटनगरसम्म आउने कार्गो रेललाई फूल मालाले सजाइएको छ। विराटनगरको एकीकृत जाँचबिन्दु (आइसीपी)सम्म औद्योगिक कच्चा पदार्थ बोकेर उक्त रेल आएको छ।

नयाँ दिल्लीमा दुई प्रधानमन्त्रीको भेटपछि भर्चुअल रुपमा नेपाल–भारत रेलवे सेवाको शुभारम्भ गरेका छन्।

रेल छुटेकै १५ मिनेटमा विराटनगर आइपुगेको छ। रेलले फलामे उद्योगका कच्चा सामाग्री ल्याउने छ। आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिलको कच्चा पदार्थ ल्याएको छ।

यसअघि भारतको बथनाहा रेल-वे स्टेशनदेखि विराटनगरको बुधनगरमा रहेको कष्टम यार्डसम्म कार्गो रेल परीक्षण गरिएको थियो। यो सात किलोमिटर लामो दूरीमा २०७६ कात्तिकै लिक परीक्षण भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .