कारोबार


पुँजीगत लाभ करलाई नै अग्रिम कर कायम गर्न लगानीकर्ताको माग

पुँजीगत लाभ करलाई नै अग्रिम कर कायम गर्न लगानीकर्ताको माग

जेठ १५ गते बजेट भाषणका लागि संसद्‌मा अर्थमन्त्री प्रकाशशरण महत/फाइल तस्बिर


नेपालखबर
जेठ १७, २०८० बुधबार १२:१०, काठमाडौँ

सरकारले धितोपत्र कारोबार गरेबापत आय गरेका लगानीकर्तालाई करको दायरामा ल्याउने निर्णय गरेसँगै लगानीकर्ताले असन्तुष्टी पोखेका छन्।

सोमबार बजेटमा धितोपत्र, जग्गा तथा घरजग्गा कारोबारीहरूले २०७६/७७ देखि २०७८/७९ सम्म गरेको आम्दानीबापत आयकर भुक्तानी अगामी चैत्रभित्रै गरेमा ब्याज र जरिवानामा सहुलियत दिने निर्णय गरेको थियो। सोही निर्णयमा टेकेर लगानीकर्ताका तीनवटै संगठनले विरोध जनाउँदै पुँजीगत लाभकरलाई नै अन्तिम कर कायम गर्नुपर्ने माग गरेका हुन्। 

यसअघि लगानीकर्ताले ५ प्रतिशत र ७.५ प्रतिशतको दरमा पुँजीगत लाभकर तिर्दै आएका थिए। सरकारले कम्पनी ऐन २०५८ अनुसार आयकर तिर्नु आग्रह गरेसँगै लगानीकर्ता दोहोरो करमा परेको गुनासो गरेका हुन्। 

नेपाल इन्भेष्टर्स फोरम,शेयर लगानीकर्ता संघ र नेपाल पुँजीबजार लगानीकर्ता संघद्धारा सार्वजनिक संयुक्त विज्ञप्तीमा  बजेटको निर्देशन र कर विभागको पत्र नमिल्ने उल्लेख गरेका हुन्। 

आर्थिक विद्येयक २०८० को आयकरभुक्तानको निर्देशन र कर विभागको २०७७/३/५ को पत्र विपरीत रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

'फर्म वा कम्पनीबाहेक व्यक्तिमार्फत् गरिएको कारोबार व्यवसायको रूपमा नरहेको र सो अनुसार कर विवरण बुझाउनुपर्ने शीर्षकमा नरहेकाले लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७.५ प्रतिशत स्रोतमा कट्टी गरिएको पुँजीगत लाभकरलाई नै अन्तिमकर कायम गर्न अनुरोध गर्दछौँ,' विज्ञप्तीमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .