‘आइएमई पे’ र अरोगीन हेल्थ केयर बीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार, अब अरोगीन हेल्थ केयरमा आइएमई पे मार्फत भुक्त्तानी गर्दा ४५ प्रतिशतसम्म छुट प्राप्त सकिने छ।
सम्झौता पत्रमा अरोगीन हेल्थ केयरको तर्फबाट जानुका बिष्ट र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट माधव कटुवालले हस्ताक्षर गरेका हुन्।
उक्त सम्झौता अन्तर्गत अरोगीन हेल्थ केयरको विभिन्न सेवा सुबिधा प्रयोग गरी आइएमई पे मार्फत भुक्त्तानी गर्दा सुबिधा बमोजिम ५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म छुट प्रदान गरिने छ। सो छुट सिमित सेवालाई मात्र लागू हुने जनाइएको छ।
जेठ १६, २०८०, मंगलबार
12
Shares
प्रतिक्रिया