कारोबार


नेपालमा विदेशी पर्यटकको औसत बसाई २ दिन घट्यो

नेपालमा विदेशी पर्यटकको औसत बसाई २ दिन घट्यो

नेपालखबर
जेठ १४, २०८० आइतबार १९:१९, काठमाडौँ

नेपालमा विदेशी पर्यटकको औसत बसाई २ दिनले घटेको छ। पर्यटककले नेपालमा बस्ने समय घटाउन थालेसँगै खर्च पनि कम गर्न थालेका हुन्। 

सन् २०२२ मा   पर्यटकको ‌औसत वसाई १३.१ दिन रहेको र प्रति पर्यटक प्रति दिन औसत खर्च ४०.५ अमेरिकी डलर रहेको छ। 

सन् २०२० र सन् २०२१  पर्यटकको बसाई अवधि औसत क्रमशः १५.१ दिन र १५.५ दिन रहेको थियो। 

सन् २०२२ मा नेपाल भ्रमण गर्ने कुल पर्यटकमध्ये सबैभन्दा बढी ६४.७ प्रतिशत पर्यटकले  मनोरञ्जन यात्राको लागि भ्रमण गरेका थिए। 

यसैगरी, १२.९  प्रतिशत तीर्थयात्रा, १० प्रतिशत पर्वतारोहण/साहसिक यात्रा र १२.४ प्रतिशत अन्य उद्देश्यले नेपाल भ्रमण गरेका थिए। 

त्यसैगरी, तारेस्तर बाहेकको डिलक्स/लक्जरी हेरिटेज बुटिक होटल सहित पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको  सङ्ख्या २०७८ फागुनसम्म १ हजार १८३ रहेकामा २०७९ फागुनसम्म १२ सय २८ पुगेके छ।

तारेस्तरका होटलमा रहेका शैयाको सङ्ख्या चालु आर्थिक वर्षको फागुनसम्म ५६० थप भई हालसम्म १६ हजार हजार ३ सय ३५ पुगेको छ। 

नेपालका पर्यटकीय गन्तव्यमध्ये लुम्बिनी प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहँदै आएको छ। 

कोभिड–१९ को असर कम हुँदै गएसँगै लुम्बिनी भ्रमण गर्ने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा उत्साहजनक वृद्धि भएको छ।

सन् २०२२ मा लुम्विनी भ्रमण गर्नेमध्ये नेपाली ६ लाख ४९ हजार, भारतीय २ लाख ३१ हजार र अन्य मुलुकका २४ हजार गरी ९ लाख ४ हजार रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .