ad ad

कारोबार


महिन्द्रा एण्ड महिन्द्राको नयाँ शो रुम इटहरीमा

महिन्द्रा एण्ड महिन्द्राको नयाँ शो रुम इटहरीमा

नेपालखबर
जेठ ११, २०८० बिहिबार १२:५२, काठमाडौँ

अग्नि ग्रुपले महिन्द्रा एण्ड महिन्द्राको शो रुम इटहरीमा सञ्चालनमा ल्याएको छ।

भारतको अग्रणी एसयूभी निर्माता महिन्द्रा एण्ड महिन्द्राले आफ्नो फ्ल्यागशिप ग्लोबल एसयूभी– एक्सयूभी ७०० (एक्सयूभी, ७ डबल ‘ओ’ र एक्सयूभी ३०० (एक्सयूभी, ३ डबल ‘ओ’ का रूपमा उच्चारण गरिने) सार्वजनिक गरी बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको हो।

नेपालमा भित्रिएका नयाँ ट्विन पिक्स ब्राण्डेड सबै श्रृङ्खलाका सवारी साधनहरूसहितको थ्रीएस सेटअपयुक्त यो शोरुम नेपाल उद्योग वाणिज्य महासंघ इटहरीका अध्यक्ष जीवन पराजुली र अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले उद्घाटन गरे।

काठमाडौंमा एक्सयूभी ७०० र एक्सयूभी ३०० को सफलतापूर्वक भव्य शुभारम्भ गरेपछि यो शोरुम क्षेत्रीय स्तरमा पहिलो आधिकारिक शोरूम बनेको छ।

एक्सयूभी ७०० र एक्सयूभी ३०० नेपाली उपभोक्ताका लागि उपयुक्त भएकोमा विश्वस्त रहेको कम्पनीले जनाएको छ।

महिन्द्राले आफ्नो पहिचानयुक्त (फ्ल्यागशिप) एक्सयूभी ७०० र एक्सयूभी ३०० नयाँ ट्विन पिक्स ब्राण्डेड शोरुमले प्रिमियम एसयूभी सेगमेन्टमा मानक कायम गर्नेछ।

कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो। नेपाली बजारमा एक्सयूभी ७०० र एक्सयूभी ३०० को प्रारम्भिक मूल्य क्रमशः ७४ लाख र ४२ लाख ९५ हजार रहेको छ।    

अग्नि ग्रुपका प्रबन्ध निर्देशक श्रेष्ठका अनुसार कम्पनी उपभोक्ताको आवश्यकताअनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रित रहेको छ र सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .