कारोबार


सहकारीलाई उत्पादन तथा श्रम क्षेत्रमा केन्द्रित गरिने

सहकारीलाई उत्पादन तथा श्रम क्षेत्रमा केन्द्रित गरिने

नेपालखबर
जेठ ५, २०८० शुक्रबार १६:५०, काठमाडौँ

सरकारले सहकारीलाई उत्पादन तथा श्रम क्षेत्रमा केन्द्रित गरिने बताएको छ। 

सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरी सो कुरा बताएको हो । 

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आव २०८०÷०८१ को नीति तथा कार्यक्रम गरेका हुन्।

उनले सहकारीको संस्थागत अनुगमन र सुशासन प्राप्ती तथा एकीकरण बचत तथा लगानीको सदूपयोग गर्न सुरक्षा गर्न आवश्यक व्यवस्था गरिने बताएका हुन्।
 
साथै, सहकारी क्षेत्रको पुनसंरचनासहित बचत तथा ऋण सहकारीलाई उत्पादन तथा श्रम क्षेत्रमा केन्द्रित हुने व्यवस्था गरिने बताए। 

पछिल्लो समय बचत तथा ऋण सहकारी संस्थाहरुमा समस्या देखिन थालेपछि सरकारले आगामी बजेट मार्फत सहकारी कडाई गर्ने भएको हो। 

सहकारी मूल्य मान्यताबाहिर गएर सहकारी लगानी गर्न थालेपछि सहकारी समस्या बढ्दै गएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .