कारोबार


९ महिनामा शोधनान्तर बचत १८० अर्बमाथि

९ महिनामा शोधनान्तर बचत १८० अर्बमाथि

फाइल तस्बिर


नेपालखबर
बैशाख २७, २०८० बुधबार १२:५६, काठमाडौँ

आर्थिक वर्षको नौ महिना अर्थात् चैतसम्ममा शोधनान्तर स्थिति बचत १८० अर्बमाथि पुगेको छ। 

असोजअघि घाटामा रहेको  शोधनान्तर स्थिति पछिल्लो समय सुधार हुँदै गएको हो। असोजयता सुधार हुँदै चैत मसान्तसम्म  शोधनान्तर १८० अर्ब १७ करोड बचतमा पुगेको छ। 

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २६८ अर्ब २६ करोडले घाटामा थियो। 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३७ करोडले बचतमा छ। 

त्यसैगरी चैत मसान्तसम्ममा चालु खाता ५१ अर्ब ८२ करोडले घाटामा छ।

अघिल्लो वर्षको सोही अवधिमा चालुखाता रु. ५१० अर्ब ५८ करोडले घाटामा थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब २७ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २८ लाखले घाटामा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .