ad ad

कारोबार


५ वर्षभन्दा पुरानो कर माफी गर्न उद्योग-वाणिज्य महासंघको माग

५ वर्षभन्दा पुरानो कर माफी गर्न उद्योग-वाणिज्य महासंघको माग

नेपालखबर
बैशाख २७, २०८० बुधबार १२:२३, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघले ५ वर्षभन्दा पुरानो कर बक्यौता मिनाहा गर्न माग भएको छ। बुधबार पूर्व बजेटमाथि छलफल गर्दै महासंघले पुरानो  कर बक्यौता फरफार गर्न माग गरेको हो। 

महासंघले कर बक्यौता तथा त्यसको ब्याज र जरिवानासमेत एक पटकलाई छुट दिन माग गरेको हो। 

यसैगरी लेखांकन प्रयोजनका लागि आवश्यक न्यूनतम शुल्क लिई एक पटकको लागि सम्पत्ति अभिलेखिकरणको व्यवस्था गर्न माग महासंघले गरेको छ। जसअनुसार उद्योगी व्यवसायीले आर्जन गरेको सम्पत्ति अभिलेखिकरण हुनपर्ने भनिएको छ।

बढी बुझाएको कर समयमा सोझै करदाताको बैंक खातामा फिर्ता हुने व्यवस्थाको कार्यान्वयन गर्न समेत माग महासंघले गरेको छ। 

१ करोडसम्म कारोबार भएका सबै करदाता (कम्पनी, साझेदारी वा प्राईभेट फर्म) ले कर विवरण बुझाउँदा लेखा परीक्षण गर्न नपर्ने व्यवस्था गर्न समेत भनिएको छ।

मिरम्याच समायोजन अर्थात् बुझाएको कर हेरफर गर्ने अवधि ९ महिनाबाट बढाएर १ वर्षसम्मको समय दिनुपर्ने महासंघले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .