ad ad

कारोबार


बजेटका लागि सरकारलाई नेप्से र धितोपत्रका पाँच सुझाव

बजेटका लागि सरकारलाई नेप्से र धितोपत्रका पाँच सुझाव

नेपालखबर
बैशाख २७, २०८० बुधबार १२:३४, काठमाडौँ

नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आगामी वर्ष २०८०/०८१ को बजेटको लागि सुझाव दिएका छन् ।   

नेप्से पुनर्संरचनादेखि सेयर धितो कर्जाको सीमा हटाउन ५ वटा सुझाव दिएका हुन्। 

यस्ता छन् सुझाव ? 
–धितोपत्र बोर्ड र नेपाल धितोपत्र विनिमय बजारको पुनसंरचना गर्नुपर्नेछ ।

–संस्थागत व्यवसायीलाई प्रोत्साहन गर्न शेयर कारोबार गर्ने मात्र उद्देश्यले स्थापना भएका कम्पनीको संस्थागत आयकर दरलाई समसामयिक बनाउने।
–व्यक्तिको हकमा स्रोतमा नै कर कट्टा भएको पूँजीगत लाभ करलाई अन्तिम मान्नुपर्ने ।
–शेयर धितो कर्जाको एकल ग्राहक सीमा १२ करोड लाई हटाउनुपर्ने ।
–आयकर ऐनको दफा १० मा संशोधन गरी कर छुट हुने प्रावधानमा विशिष्टीकृत लगानीकोष नियमावली २०७५ अन्तरगत नेपाल धितोपत्र बोर्डमा दर्ता भएका कोष थप गर्नुपर्ने ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .