कारोबार


जापान जाँदा भरपर्दो कागजात बोकेर मात्र जान वायुसेवा निगमको आग्रह

जापान जाँदा भरपर्दो कागजात बोकेर मात्र जान वायुसेवा निगमको आग्रह

नेपालखबर
बैशाख २६, २०८० मंगलबार १८:५४, काठमाडौँ

नेपाल वायुसेवा निगमतले काठमाडौंबाट जापान जाने यात्रुहरुले आफ्नो उद्देश्य स्पष्ट र भरपर्दो पुष्ट्याइ हुने कागजात बोकेर मात्र यात्रा गर्नका लागि सूचना जारी गरेको छ। 

मंगलबार एक विज्ञप्ति जारी गर्दै वायुसेवा निगमले यात्राको उद्देश्य स्पष्ट नभएको लगायतका कारण जापान पुगिसकेपछि अध्यागमनले रोक लगाउने गरेको पाइएको भन्दै यात्राअघि नै सचेत रहन आग्रह गरेको हो। 

‘पछिल्लो समय काठमाडौंबाट जापान जाने यात्रुहरुको यात्राको उद्देश्य (Purpose of Travel) स्पष्ट नभएकोू लगायत अन्य विविध कारण जनाई जापान पुगिसकेपछि त्यहाँको अध्यागमनले जापान प्रवेश निषेध गर्ने गरेको पाइएकोले काठमाडौं( जापानको टिकट लिने सम्पूर्ण यात्रुले आफ्नो यात्राको उद्देश्य स्पष्ट र भरपर्दो पुष्ट्याई हुने कागजात आफैसँग लैजान र टिकट खरिद गर्दाकै बखत जापान सरकारले निर्दिष्ट गरेका प्रवेषाज्ञा सम्बन्धी सबै कुरा बुझेर मात्र टिकट लिनु दिनु हुन सम्बन्धीत सबैलाई जानकारी गराउदै यसबाट पर्न जाने अध्यागमनको जरीवाना र अन्य खर्चहरु प्रति सम्बन्धीत ट्राभल एजेन्सी र स्वयम् यात्रु नै जिम्मेवार रहने व्यहोरा सूचित गरिन्छ,’ निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad