ad ad

कारोबार


एकैदिन उठ्यो ७ अर्ब ८८ करोड राजश्व

एकैदिन उठ्यो ७ अर्ब ८८ करोड राजश्व

नेपालखबर
बैशाख २६, २०८० मंगलबार १७:४८, काठमाडौँ

सोमबार (२५ वैशाख) एकैदिन ७ अर्ब ८८ करोड ४१ लाख राजश्व संकलन भएको छ। सरकारले कुल आम्दानी ७ अर्ब ८९ करोड ९२ लाख रुपैयाँ गरेको जनाएको छ।

जसमा करबाट ७ अर्ब ८८ करोड ४१ लाख रुपैयाँ संकलन भएको हो। सरकारले चालु आर्थिक वर्षको अहिलेसम्म ७ खर्ब ८१ अर्ब ५५ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ। 

त्यस्तै, चालू आर्थिक वर्षको अहिलेसम्म १० खर्ब १९ अर्ब रुपैयाँ भने खर्चिसकको छ।

त्यसमा चालु खर्च ७ खर्ब ६७ अर्ब रुपैयाँ, पुँजिगत खर्च १ खर्ब २१ अर्ब  र वित्तिय व्यवस्थापन अर्थात् दाताहरुलाई ऋण तथा ब्याज भुक्तानी नै १ खर्ब ३२ अर्ब रुपैयाँ भुक्तानी गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .